टुँडिखेलमा यसरी मनाइयो फूलपाती बढाइँ

Advertisement

काठमाडौँ: नेपालीहरूको महान् चाड बडादशैँको खुशियालीमा आज सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ गरियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा फूलपाती बढाइँ गरिएको हो । बढाइँ कार्यक्रममा नेपाली सेनाले राइफल र तोपको बढाइँका साथै मार्चपास गरेका थिए ।

त्यसैगरी, सेनाको बढाइँ टोलीबाट इज्जत अर्पण कवाज, कवाजमा भाग लिएका विभिन्न गुल्मद्वारा बढाइँ, मार्चपाससहितको बढाइँ र राष्ट्रिय झण्डाको आकृतिसहितको बढाइँ प्रस्तुत गरिएको थियो ।

समारोहमा कार्यवाहक प्रधानमन्त्री विजयकुमार गच्छदार, उपप्रधानमन्त्री, मन्त्रीगण, नेपाल सरकारका उच्चपदस्थ अधिकृत, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवम् प्रतिनिधि, सुरक्षा निकायका प्रमुख तथा विभिन्न पेसा व्यवसायका प्रतिनिधिहरूको सहभागीता रहेको थियो ।

बढाइँ अघि राष्ट्रपति भण्डारीको स्वागतमा नेपाली सेनाले सलामी अर्पण गरेको थियो ।

Advertisement

Advertisement

Advertisement