'झमझम इष्टकोट' गीतका स्वरका धनी मुनालको निधन

Advertisement

काठमाडौँ: वरिष्ठ रेडियो कार्यक्रम सञ्चालक तथा लोकप्रिय गायक वासुदेव मुनालको आज साँझ ६८ वर्षको उमेरमा भक्तपुरस्थित क्यान्सर अस्पतालमा निधन भएको छ ।

सुरिलो आवाजबाट रेडियो नेपालको बाल कार्यक्रम सञ्चालन गरेर एक समयमा लोकप्रिय रेडियो प्रस्तोता बनेका मुनाल घाँटीको क्यान्सर (पाइरोपÞmोम साइनस)बाट पीडित थिए । ११ वर्षअघि उहाँको लडेर ब्रेन ह्याम्ब्रेजसमेत भएको थियो ।

विराटनगरमा २००६ सालमा जन्मनुभएका उनले रेडियो नेपालबाटै आफ्नो करियर सुरु गर्दै झण्डै चार दशक रेडियो नेपालमै बिताए ।

उहाँले ‘पानी खाने निउँले तिम्रो घरमा आउँला’, ‘लालुपाते फुलेर लाल भयो’, ‘बाँसुरीको धुनमा मादलुको तालमा’, ‘झमझम इष्टकोट’लगायत दर्जनौ भ.चर्चित गीत गाएका छन्। उनी २०६४ सालमा रेडियो नेपालबाट सेवा निवृत्त भएका थिए ।

Advertisement

Advertisement

Advertisement