प्रोग्रेसिभ फाइनान्सले १०० बराबर २८१ कित्ता हकप्रद वितरण गर्ने

Advertisement

काठमाडौं: प्रोग्रेसिभ फाइनान्सले १०० कित्ता सेयर बराबर २८१ कित्ता सेयर हकप्रद वितरण गर्ने भएको छ । फाइनान्सले आफ्नो चुक्ता पुँजी बढाउन हकप्रद सेयर विक्री गरेर ५९ करोड एक लाख रुपियाँ पुँजी जुटाउनेछ।

विशेष साधारणसभाबाट पारित भएको हकप्रद सेयर वितरणका लागि प्रोग्रेसिभ फाइनान्सले सनराइज क्यापिटललाई निष्काशन तथा विक्रि प्रवन्धक नियुक्त गरेको छ ।

यससम्वन्धि सम्झौतापत्रमा फाइनान्सका प्रमुख कार्यकारी अधिकृत विशाल हुमागांई र सन्राइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठले हस्ताक्षर गरेका छन्।

Advertisement

Advertisement

Advertisement