दोलखाको सिमिगाउँमा झाडापखालाबाट एकको मृत्यु, तीन सिकिस्त विरामी

Advertisement

दोलखा: दोलखा जिल्लाको गौरीशंकर गाउँपालिका-९ सिमीगाउँमा झाडापखालाबाट एक जनाको ज्यान गएको छ।

झाडापखालाबाट आइतबार सिमीगाउँका ७९ वर्षीय तेन्जी शेर्पाको मृत्युको हो । स्थानीय मिङ्मानुरी शेर्पाका अनुसार गाउँमा अझै १२ जना बिरामी परेर थालेका छन् ।

बिरामी परेका मध्ये ३ जना सिकिस्त छन्। उनीहरु झाडापखाला र ज्वरो आउने समस्याबाट ग्रसित छन्। गौरीशंकर गाउँपालिका ९ सिमीगाउँबाट मानिसहरु बिरामी परेको खबर आएपछि औषधि सहितको स्वास्थ्यकर्मीको टोली त्यसतर्फ पठाइएको प्रमुख जिल्ला अधिकारी लक्ष्मणविक्रम थापाले जानकारी दिए।

उनले सिमीगाउँमा झाडापखाला र ज्वरोबाट एकजनाको मृत्यु भएको र १५/२० जना बिरामी भएको खबर आएपछि पुष्टि गर्दै स्वास्थ्यकर्मीको टोली पठाइएको जानकारी दिए।

Advertisement

Advertisement

Advertisement