एभरेष्टले दोश्रो पटक हकप्रद शेयर असोज २० गतेदेखि लिलामीमा राख्दै, बोलपत्र असोज २९ गते खोलिने

Advertisement

काठमाडौँ : एभरेष्ट बैंकले सर्वसाधारण समूहको ३५ हजार ८४१ कित्ता सेयर असोज २० गतेदेखि लिलामी विक्रीमा राख्न लागेको छ । एभरेष्टले यसघि भदौ २५ देखि असोज १ गतेसम्म सर्वसाधारण समूहको २ लाख ५३ हजार ७९७ कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको थियो।

जसमा २ लाख १७ हजार ९५६ कित्तामा मात्र आवेदन परेको थियो । ३५ हजार ८४१ कित्ताका लागि आवेदन नपरेपछि बैंकले पुनः लिलामीमा ल्याउन लागेको हो । लगानीकर्ताले न्यूनतम १०० रुपियाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी यसमा निवेदन दिनुपर्नेछ ।

यो लिलामीमा आवेदन दिने अन्तिम म्याद असोज २७ गते तोकिएको छ । लगानीकर्ताले लिलामीको बिक्री प्रबन्धक एनआइबीएल क्यापिटल मार्केट्स, लाजिम्पाट काठमाडांै पुग्ने गरी आवेदन फारम बुझाउनुपर्नेछ । बोलपत्र असोज २९ गते बिहान १० बजे एनआइबीएल क्यापिटल मार्केट्स, लाजिम्पाट काठमाडौंमा खोलिनेछ ।

हकप्रद र बाँकी सेयर लिलामीमा बिक्री गरिसकेपछी भने बैंकको चुक्ता पुँजी ६ अर्ब ३ करोड ५२ लाख ३४ हजार ४०० रुपियाँ पुग्नेछ । चौथो त्रैमासमा बैंकले १ अर्ब ९८ करोड १६ लाख ९८ हजार रुपियाँ खुद नाफा कमाएको थियो । एभरेष्टको प्रतिसेयर आम्दानी ४३ रुपैयाँ ७८ पैसा र प्रतिसेयर नेटवर्थ २२९ रुपियाँ ९९ पैसा छ ।

Advertisement

Advertisement

Advertisement