दर्शकविहीन खेलमा मेस्सीको दुई गोल

Advertisement

एजेन्सी: ला लिगामा बार्सिलोनाले आफ्नो विजयी यात्रा कायम राखेको छ । आइतबार भएृको खेलमा बार्सिलोनाले बार्सिलोनाले लस पालमसमाथि ३-० को जित निकाल्दै विजयी यात्रालाई निरन्तरता दिएको छ । बार्सिलोनाका लागि मेस्सीले २ र बुस्केस्टले १ गोल गरे ।
खेलको ४९ औं मिनेटमा बुस्केस्टले गोल गरी बार्सिलोनालाई अग्रता दिलाएका थिए । स्टार स्ट्राइकर लियोनल मेस्सीले खेलको ७०औं र ७७ औं मिनेटमा गोल गरेपछि बार्सिलोना ३-० को शानदार जित निकाल्न सफल भयो ।
स्पेनबाट छुट्टिने की नछुट्टिने भनी स्पेनको एक प्रान्त क्याटालोनियामा आइतबार जनमत संग्रह भएकाले बार्सिलोनामा जनतम संग्रहका पक्षधर र विरोधी बीच तनाव भएको थियो । त्यसै कारण मैदानका ढोका पुरै बन्द गरी दर्शकविहीन रंगशालामा खेल खेलाइएको थियो । खेल निर्धारित समयभन्दा २० मिनेट ढिलो गरी सुरू गरिएको थियो ।

Advertisement

Advertisement

Advertisement