चुनाव नजिकिएको बेला एमालेसँग पार्टी एकता गर्नेबारे माओवादी बैठकमा छलफल

Advertisement

काठमाडौंः माओवादी केन्द्रको पदाधिकारी बैठकमा एमालेसँगको पार्टी एकताबारे छलफल भएको छ । काँग्रेससँग गठवन्धन गरेर सरकारमा रहेको माओवादी केन्द्रले एमालेसँग पार्टी एकताको कुरा गर्नु अर्थपूर्ण देखिन्छ ।

पार्टी कार्यालय पेरिसडाँडामा सोमबार बसेको बैठकमा एमालेसँग पार्टी एकता र चुनावी तालमेलबारे छलफल भएको प्रवक्ता पम्फा भुसालले जानकारी दिइन । “पार्टी एकता र चुनावी तालमेलबारे बैठकमा छलफल भएको छ, अन्तिम निर्णय गर्नका लागि अध्यक्ष प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापालाई जिम्मेवारी दिइएको छ”, भुसालले भने ।

आइतबार मात्रै एमाले स्थायी कमिटी बैठकले आगामी मंसिर १० र २१ गते हुने प्रदेश र संघको चुनावमा देशभक्त, प्रगतिशील र वामपन्थी दलसँग तालमेल र सहकार्य गर्ने निर्णय गरेको थियो ।

Advertisement

Advertisement

Advertisement