सरकार नै संकटमा परेको बेला देउवा-प्रचण्डबीच एक घण्टा गोप्य वार्ता

Advertisement

काठमाडौंः प्रमुख विपक्षी एमालेसँग चुनावी तालमेल तथा पार्टी एकीकरणको तयारी गरिरहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तासाझेदार काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन् ।

प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारका अनुसार देउवा र प्रचण्डबीच प्रधानमन्त्री निवास बालुवाटारमा करिव एक घण्टा गोप्य वार्ता भएको छ । भेटमा कांग्रेस नेता रामचन्द्र पौडेलसमेत सहभागी थिए ।

सरकार गठनको छ महिना नपुग्दै अल्पमतमा पर्ने स्थिति आएपछि देउवा र प्रचण्डबीच वार्ता भएको हो । सहमतिअनुसार स्थानीय निर्वाचन माओवादीको नेतृत्वमा र प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव काँग्रेसको नेतृत्वमा गर्नेगरी काँग्रेस र माओवादीबीच सत्ता गठवन्धन भएको थियो ।

तर बीचमै माओवादी एमालेसँग नजिकिएर सरकार धरासायी हुने अवस्था आएपछि देउवा गम्भीर संकटमा परेका हुन । यसअघि माओवादीले आफ्नै सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेर केपी ओली नेतृत्वको सरकार ढाली आफू प्रधानमन्त्री हुने बाताबरण तयार गरेका थिए ।

Advertisement

Advertisement

Advertisement