केटोले दुःख दिएपछि नियन्त्रण गरी सौराहा पुर्याइयो

Advertisement

चितवनः पटक–पटक गाउँ निस्किएर स्थानीयवासीलाई दुःख दिएपछि दुर्लभ एकसिंगे गैंडाको बच्चा (केटो)लाई बुधबार उद्धार गरी सौराहास्थित राष्ट्रिय प्रकृति संरक्षण कोषमा लगिएको छ ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलका अनुसार करिब दुई वर्षको उक्त भाले गैंडालाई भरतपुर महानगरपालिका–२७ मेघौलीस्थित बुद्धनगरबाट उद्धार गरी सौराहा लगिएको हो ।

उक्त गैंडालाई यसअघि दुई पटकसम्म स्थानीय वनको भित्रि भागमा पुर्याएर छाडिएको थियो । तर पुनः सोही ठाउँमा आएर दुःख दिएपछि हात्तीले धपाएर कसरा पुर्याइएको भए पनि पुनः फर्किएर सोही ठाउँ पुगेपछि आज उद्धार गरी सौराहा लगिएको हो ।

संरक्षण कोषमा यसअघि बाढीपछि उद्धार गरी ल्याइएको एउटा बच्चा गैंडा पनि रहेको छ । सो गैंडासँगै यसलाई राख्ने कँडेलले बताए । गैंडालाई खोरमा राखी सौराहा लगिएको हो । निकुञ्जका सहायक संरक्षण अधिकृत अभिनय पाठकका अनुसार बेहोस गराई गौंडा लगिएको हो ।

Advertisement

Advertisement

Advertisement