डा. केसीले आफ्नो स्थगित आमरण अनसन आजबाट सुरु गर्दै

Advertisement

काठमाडौँ: दशैंलाई मध्यनजर गर्दै स्थगन गरेका आफ्नो १२ औं आमरण अनसन डा. गोविन्द केसीले आजबाट पुनः थाल्ने भएका छन् ।

स्रोतका अनुसार, डा केसीले त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा बिहीबार ४:३० बजेबाट अनसन शुरु गर्ने बताएका छन् ।

केसीका अनुसार हाल संसदमा विचाराधिन रहेको चिकित्सा शिक्षा विधेयकलाई मेडिकल माफियाहरुले तोडमोड गरी आफु अनुकूल बनाएको दावी गर्दै उनले सो कदम नसच्चिएसम्म अनसन जारी राख्ने चेतावन दिएका छन् ।

उनले तीन दिन अघि मात्रै पनि प्रधानमन्त्री शेर बहादुर देउवालाई भेटेर सो कुराको जानकारी गराएका थिए।

डा. केसीले असोज १९ गते बाट पुनः आफ्नो अनसन सुचारु गर्ने बताएका थिए ।

Advertisement

Advertisement

Advertisement