पहिरोले कोल्टीमा विद्युत् आपूर्ति बन्द

Advertisement

बाजुरा: बाजुराको उत्तरी भेगमा रहेको बूढीनन्दा नगरपालिका–३ कोल्टीमा रहेको बड्डीगाड लघुजलविद्युत् आयोजना आज बिहानबाट अवरुद्ध भएको छ ।

विद्युत्को नहरमा पहिरो आएपछि विद्युत् अवरुद्ध भएको स्थानीयवासीले बताएका छन् । विद्युत् अवरुद्ध हुँदा नगरपालिकाका–१, २, ३ र ५ वडाका स्थानीयवासीले अँध्यारोमा बस्नुपर्ने भएको छ । पहिरो नरोकिएपछि नहर मर्मत गर्न कठिनाइ भएको स्थानीयवासी धनबहादुर बोहराले बताए ।

विद्युत्को नहरमा आएको पहिरो रोकिएपछि विद्युत् सञ्चालन गर्न पहल गर्ने नगरप्रमुख पदमकुमार गिरीले बताए ।

Advertisement

Advertisement

Advertisement