एनसेलको झन्डै ७०० बढी फोरजी टावर जडान

Advertisement

काठमाडौं: निजी दूरसंचार सेवा प्रदायक एनसेलले हाल ७०० भन्दा बढि टावर जडान गरी चौथो पुस्ताको (फोरजी) मोबाइल इन्टरनेट सेवा प्रदान गरेको जनाएको छ ।

कम्पनीले हालै सार्वजनिक गरेको सन् २०१७ को दोस्रो त्रैमासिक (अप्रिल देखि जुन) को वित्तिय विवरण अनुसार, एनसेलले जुन महिनाको अन्त्य अर्थात् असारको मध्यसम्ममा नेपालमा ६९९ वटा फोरजी टावर जडान गरेको हो ।

ग्राहकलाई दु्रतगतिको मोबाइल इन्टरनेट सेवा प्रदान गर्न एनसेलले फोरजी जेठ १८ बाट संचालनमा ल्याएको थियो ।

प्रथम चरणमा काठमाण्डौं उपत्यका, बनेपा र धुलिखेललाई लक्षित गर्दै संचालनमा ल्याइएको फोरजी हाल देशको विभिन्न १९ शहरमा प्रदान गर्दै आएको छ ।

फोरजी सेवा संचालनमा आय पश्चात बढेको इन्टरनेट प्रयोगले डाटा खपतमा उल्लेख्यरुप वृद्घि भएको पनि वित्तिय विवरणले जनाएको छ ।

दोस्रो त्रैमासिकमा एनसेलको डाटा खपत ६८ लाख जिबी पुगेको छ । गत वर्षको दोस्रो त्रैमासिकमा एनसेलको कुल डाटा खपत २७ लाख जिबी थियो ।

प्रतिवेदनका अनुसार, जेठ १८ बाट संचालनमा ल्याइएको फोरजी सेवा र विभिन्न अफरहरुले गर्दा पहिलो त्रैमासिकको तुलनामा डाटाको आयमा ११.५ प्रतिशतले वृद्घि भएको छ र यसले एनसेलको आय ३.९ प्रतिशतले बढाएको छ । दोस्रो चौमासिकमा एनसेलको खुद नाफा ३५ प्रतिशतले बढेको जनाएको छ ।

दोस्रो त्रैमासिकमा कम्पनीको कुल आय १४.४७ अर्ब रहेकोमा डाटा योगदान १८ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ । एनसेलको तथ्यांक अनुसार कुल एक करोड ५६ लाख ग्राहक रहेकोमा ४४.४ प्रतिशत ग्राहकले डाटा सेवा लिएका छन् ।

Advertisement

Advertisement

Advertisement