एभरेष्ट बैंकको लिलामी शेयर विक्री नभएपछि पुनः खुला

Advertisement

काठमाडौं : एभरेष्ट बैंकले शुक्रबारबाट ३५ हजार ८४१ कित्ता शेयर लिलामी बिक्री खुला गरेको छ । बैंकले सर्वसाधारण समूहको शेयर लिलामीमा राखेको हो ।

बैंकले यहि भदौ २५ देखि असोज १ गतेसम्म सर्वसाधारण समूहको २ लाख ५३ हजार ७९७ कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको थियो । जसमा २ लाख १७ हजार ९५६ कित्तामा मात्र आवेदन परेको थियो । ३५ हजार ८४१ कित्ताका लागि आवेदन नपरेपछि बैंकले पुनः लिलामीमा ल्याएको हो ।

लगानीकर्ताले न्यूनतम १०० रुपियाँलाई आधार मानेर मूल्य बढाबढका आधारमा त्यसभन्दा बढी भाउ तोकी यसमा निवेदन दिनुपर्नेछ ।

यो लिलामीमा आवेदन दिने अन्तिम म्याद असोज २७ गते तोकिएको छ ।

लगानीकर्ताले लिलामीको बिक्री प्रबन्धक एनआइबीएल क्यापिटल मार्केट्स, लाजिम्पाट काठमाडौंमा आवेदन फारम बुझाउनुपर्नेछ ।

बोलपत्र असोज २९ गते बिहान १० बजे एनआइबीएल क्यापिटल मार्केट्स, लाजिम्पाट काठमाडौंमा खोलिनेछ ।

यसअघि पर्याप्त आवेदन नपरेपछि एभरेष्टको यस लिलामीमा १०० रुपियाँ भाउ तोक्नेले पनि सेयर पाउन सफल भए । जबकी यही लिलामीमा अधिकतम १३ सय रुपियाँ भाउ राखेर पनि लिलामी भर्नेहरु पनि थिए ।

Advertisement

Advertisement

Advertisement