मेलम्ची आयोजनाले उपत्यकाको तीन सय ठाउँमा ‘फायर हाइड्रेन्ट’ जोड्ने

Advertisement

काठमाडौंः मेलम्चीको पानि वितरण सुरु भएपछि काठमाडौं आधुनिक प्रविधिमा आधारित ‘फायर हाइड्रेन्ट’ जोडिने भएको छ । आगलागी नियन्त्रण कार्यलाई प्रभावकारी बनाउनलाई मेलम्ची आयोजनाले नै उपत्यकाभित्रै विभिन्न स्थानमा दमकलले पानी भर्न मिल्ने गरी मेसिन जडान गर्न थालिएको हो ।

उपत्यकामा तीन सयभन्दा बढी स्थानमा दमकलले पानी भर्न सक्ने गरी फायर हाइड्रेन्ट जडानको तयारी भइरहेको आयोजना कार्यान्ययन एकाइका प्रमुख तिरेश खत्रीकाले जनाए । केहि स्थानमा भने जडान कार्य सुरु भइसकेको छ । नयाँ योजना अनुसार दमकलमा लागि पानी भर्न चक्रपथबाहिरका स्रोतसम्म पुग्नुपर्ने छैन । शहरी क्षेत्रमा फायर हाइड्रेन्ट निकै प्रभावकारी प्रविधि मानिन्छ जसले आगलागीको जोखिम व्यवस्थापनका लागि सहयोग गर्दछ ।

शहरका अधिकांस स्थानमा यो प्रविधि जोड्ने अन्तर्राष्ट्रिय प्रयास जारि छ । काठमाडौंमा मेलम्चीको पाइपलाइन बिछ्याउने सुरुवाति चरणमै शहरका आवासीय तथा कोर एरिया, मुख्य व्यापारिक क्षेत्रहरुमा हाइड्रेन्ट जोड्न थालिएको हो । यो योजनाले सहरमा आगलागी नियन्त्रण लागि यसले महत्वपूर्ण भूमिका खेल्नुको साथै शहरलाई सुरक्षित राख्ने प्रयास हुनेछ । हाइड्रेन्टहरुमा सय मिलिमिटरका भल्भ हुनेछन् । अब विपदका समयमा हाइड्रेन्टहरु निकै उपयोगी हुने अपेक्षा गरिएको छ ।

Advertisement

Advertisement

Advertisement