माओवादी केन्द्र एमालेमा विलायोः ओली, विप्लव र वैद्य मिलेर सच्चा कम्प्युनिष्ट पार्टी बनाइने

Advertisement

अर्घाखाँचीः नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता हेमन्तप्रकाश ओलीले माओवादी केन्द्र एमालेमा विलय भएको बताएका छन् । उनले एमाले माओवादी केन्द्र र नयाँ शक्तिका बीचमा भएको तालमेलले सच्चा कम्युनिष्टहरुलाई फाइदा पुगेको बताए ।

सन्धिखर्कमा शुक्रबार आयोजित एक कार्यक्रममा बोल्दै उनले विदेशीको इसारामा भएको गठवन्धन सफल नहुने तर्क गरे । ओलीले भने, ‘तीन दलको गठवन्धनले सच्चा कम्युनिष्ट विचारधारा बोकेका पार्टीहरुलाई एक हुन मद्दत गरेको छ ।’

उनले परिवर्तनकारी शक्तिहरु एक भएर विशाल पार्टी निर्माणमा लाग्ने बताए । ओलीले मोहनविक्रम नेतृत्वको नेकपा मसाल र मोहन वैघ नेतृत्वको माओवादीसँग पार्टी एकता लागि छलफल चलिरहेको बताए ।

एमाले माओवादी केन्द्र पटक–पटक सत्तामा जाँदा पनि नागरिकको पक्षमा काम गर्न नसेकाले यी पार्टीहरुले कम्युनिष्ट पार्टीको रुपमा चिनाउन खोज्नु लाजमर्दो कुरा भएको बताए । उनले यो मुलुकको दीर्घकालिन शक्ति कांग्रेस नै भएको भन्दै सबै कांग्रेसका पछि पछि हिड्न वाध्य हुने बताए ।

ओलीले भने, ‘अहिले वामपन्थी एक जुट भएर भनेर कांग्रेस आत्तिनुपर्दैन यी पार्टीहरुको एकता दीर्घकालिन रुपमा टिक्दैन ।’ उनले एकीकृत जनक्रान्तिको माध्यमबाट राज्यसत्ता सञ्चालन गर्ने आफूहरुको योजनालाई सफल तुल्याएरै छाड्ने बताए ।

उनले दशवर्षे जनयुद्धले वर्जुवा गणतन्त्र ल्याउने बाहेकका अन्य उपलव्धी हासिल गर्न नसकेको बताउँदै आफ्नो पार्टीले अन्य उपलव्र्धी हासिल गर्ने कार्यमा लागेको बताए । मंसिरमा हुने निर्वाचनमा आफ्नो पार्टीले भाग नलिने उनले स्पष्ट पारे ।

Advertisement

Advertisement

Advertisement