दशैं अगाडि बढेको सुनको भाउ तिहार नजिकिंदा घट्दै

Advertisement

काठमाडौंः लगातार तीन दिनदेखि स्थिर अवस्थामा रहेको सुनको भाउ साताको अन्तिम दिनमा भने चार सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार शुक्रबार सुन तोलाको ५५ हजार ६ सय रुपियाँमा कारोबार भइरहेको छ ।

विगत तीन दिन देखि ५६ हजार रुपियाँमा कारोेबार भएको सुनको भाउ शुक्रबार तोलामा चार सयले घटेको हो । अघिल्लो एक साताभित्र तोलामा एक हजार रुपियाँले घटेको सुनको भाउ केही दिनयता स्थिर थियो । दशैं अगाडि सुनको भाउ बढेर ५७ हजार रुपियाँमा कारोबार भएको थियो ।

शुक्रबार चाँदिभने प्रतितोला सात सय ५० रुपियाँमा कारोबार भईरहेको छ ।

Advertisement

Advertisement

Advertisement