एएफसी अध्यक्ष सलमान नेपाल भ्रमणमा आउँदै

Advertisement

काठमाडौंः एशियाली फुटबल महासंघ (एएफसी)का अध्यक्ष शेख सलमान नेपाल आउने भएका छन् । उनी तीन दिने भ्रमणका लागि नेपाल आउन लागेका हुन् । एशियाली राष्ट्रको भ्रमणका क्रममा उनी नेपाल आउन लागेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।

उनले तीन दिने भ्रमणका क्रममा एन्फाका पदाधिकारीका साथै नेपाली फुटबलका सरोकारवाला निकायसँग भटघाट तथा छलफल गर्ने कार्यक्रम रहेको जनाइएको छ । तर उनको औपचारिक कार्यक्रमबारे जानकारी भने नभएको बताइएको छ । उनी नेपाल २४ गते नेपाल आउनुका साथै एएफसीले गर्ने हयोगको घोषणा पनि हुनसक्ने बताइएको छ ।

एएफसीको अध्यक्षमा निर्वाचित भएपछि उनले भ्रमण गर्न बाँकी मुलुकहरु नेपाल र भुटानमात्र हो ।

Advertisement

Advertisement

Advertisement