वरिष्ठ पत्रकार गणेशवल्लभ प्रधानको निधन

Advertisement

काठमाडौंः वरिष्ठ पत्रकार गणेशबल्लभ प्रधानको गए राति ८३ बर्षको उमेरमा निधन भएको छ । राष्ट्रिय समाचार समितिका पूर्वअध्यक्ष एवं तत्कालिन जन्मभूमि साप्ताहिकका प्रधानसम्पादक प्रधान दमको विरामी थिए ।

दम बढेपछि दशैंमा त्रिपुरेश्वरस्थित ब्ल्युक्रस हस्पिटलमा भर्ना भएका प्रधान शुक्रबार आइसीयूबाट बेडमा सारेको केही घण्टापछि राति करिव साढे १० बजे निधन भएको उनको पारिवारिक स्रोतले जानकारी दियो ।

शालिन र मृदुभाषी प्रधान काँग्रेसको राजनीतिसँग नजिक थिए । वीपी कोइरालाको प्रधानमन्त्री हुँदा उनीसँगै भारत भ्रमणमा गएका प्रधान तत्कालिन राजा महेन्द्रले वीपीलाई अपदस्त गरी घरपडक गर्दा सँगै थिए । त्यतिबेला भाग्न सफल भए पनि पछि उनलाई प्रहरीले पक्राउ गरी जेल हालेको थियो ।

पञ्चायक कालदेखि नै प्रजातान्त्रिक आन्दोलनमा समेत सक्रिय सहभागिता जनाउँदै आएका उनी कम्युनिष्ट नेता बिष्णुबहादुर मानन्धनका साथी हुन । प्रधानका एक छोरा, दुई छोरी र श्रीमती छन् । स्वर्गीय पत्रकार प्रधानको अहिले विहान पशुपति आर्यघाटमा दाहसंस्कार गर्ने कार्यक्रम रहेको छ ।

Advertisement

Advertisement

Advertisement