सार्वजनिक कार्यक्रमबाटै नवराज सिलवालको उद्घोष - 'आफ्नो अस्तित्व जोगाउन राजनीतिमा आएको हुँ'

Advertisement

काठमाडौँ: हिजो शुक्रबारबाट कम्युनिष्ट राजनीतिमा औपचारिक रुपमा प्रवेश गरेका नेपाल प्रहरीका डिआइजी नवराज सिलवालले आफुलाई राज्य र न्यायालयले न्याय दिन नसकेको र आफ्नो अस्तित्व जोगाइराख्न पनि राजनीतिमा आउन बाध्य भएको उनले बताएका छन् ।

हिजो पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले भने, परिस्थितिले राजनीति अंगाल्न बाध्य बनायो । म मेरो अस्तित्व जोगाउन राजनीतिमा आएको हुँ ।’

आफूमाथि राजनीतिले हस्तक्षेप गरेका कारण राजनीतिमा आउनु परेको सिलवालले बताए । लेनिनको भनाई उदृत गर्दै उनले भने–राजनीतिलाई तपाईले हस्तक्षेप गर्न सक्नु भएन भने तपाईलाई राजनीतिले हस्तक्षेप गर्छ ।’

राजनीतिमा आउन नचाहँदा नचाहँदै आफू राजनीतिमा आउन बाध्य भएको बताउँदै सिलवाले भने,‘ ‘राज्य अभिभावक हो । यसले सबै माथि समान व्यवहार गर्नु पर्छ । तर म माथि त्यस्तो व्यवहार भएन । कानूनले सबैलाई समान व्यवहार गर्छ तर त्यस्तो हुन सकेन । म अन्यायमा परेँ । ’

कार्यक्रममा उनले अधिकांस समय आफूमाथि राज्य र अदालतले अन्याय गरेको आरोप लगाएका थिए ।
आफूले दर्शन,समाजशास्त्र र राजनीति बुझेको कारण राजनीतिमा आएको दाबी गर्दै सिलवालले त्यसकोलागि उपयुक्त पार्टी एमाले भएको बताए ।

यस्तै हालै बनेको वाम गठबन्धनलाई ऐतिहासिक घटना भएको उनले बताए । उनले भने ‘एमालेका अध्यक्ष केपि ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बधाइका पात्र हुन् । अब देशमा स्थायित्व हुन्छ । विकास हुन्छ ।’

Advertisement

Advertisement

Advertisement