नेपाल–भारत प्रबुद्ध समूहको बैठक सुरु, जयन्त प्रसाद आएनन

Advertisement

काठमाडौंः नेपाल–भारत प्रबुद्ध समूह (ईपीजी)को बैठक राजधानीमा सुरु भएको छ । इपीजी बैठकको यो पाँचौं श्रृखला हो । गएको भदौमै बस्नुपर्ने बैठक कार्यव्यवस्ततालाई देखाउँदै एक महिना ढिलो बसेको हो ।

यस पटकको बैठकमा भारतको तर्फबाट अरु सदस्य उपस्थित भए पनि जयन्त प्रसाद (नेपालका लागि पूर्व भारतीय राजदूत) भने उपस्थित छैनन् । स्वास्थ्य समस्यालाई देखाउँदै उनी अनुपस्थित भएका हुन ।

बैठकमा नेपालतर्फबाट संयोजक डा. भेषबहादुर थापा, सदस्यहरू डा. राजन भट्टराई, नीलाम्बर आचार्य र सूर्यनाथ उपाध्याय तथा भारतीयको तर्फबाट संयोजक भगतसिंह कोसियारी, सदस्यहरू डा. बिसी उप्रेती र महेन्द्र पी लामा सहभागी छन् ।

नेपाल भारतबीच भएका विभिन्न सन्धि सम्झौताहरुको समयानुकूल परिमार्जन गर्न दुई वर्षअगाडि गठित यस समूहको यसअघिको बैठकमा असमान भनिदै आएको सन् १९५० को मैत्री सन्धिका विषयमा छलफल भएको थियो ।

समूहलाई १९५० को सन्धिसहित व्यापार तथा पारवहन सन्धि र जलस्रोतसम्बन्धी विभिन्न सन्धि–सम्झौतामा छलफल गरी दुबै देशको सरकारलाई सुझाव दिने कार्यादेश तोकिएको छ । आजको बैठक विशेषगरी १९५० कै सन्धि र सीमा सुरक्षा तथा व्यवस्थापनका बारेमा छलफल हुने जनाइएको छ ।

Advertisement

Advertisement

Advertisement