भ्रष्टाचारी प्रवृत्ति नै देश विकासको बाधकः शेष घले

Advertisement

चितवनः गैरआवासीय नेपाली संघ (एनआरएन)का अध्यक्ष शेष घलेले भ्रष्टाचारी प्रवृत्तिका कारण देशको विकास हुन नसकेको बताएका छन ।

विजय विकास स्रोत केन्द्र, गैँडाकोटको साधारणसभामा घलेले भूकम्पपीडितलाई सहयोग गर्न आफूले शुरु गरेको अभियानमा अवरोध पुर्याउने भ्रष्टाचारी प्रवृत्तिको अनुभव सुनाए ।

विजय परिवारको कामबाट आफू प्रभावित बनेको बताउँदै घलेले व्यक्तिगत स्वार्थ भएका व्यक्ति सामाजिक संस्थामा आबद्ध हुन नहुने विचार राखे । आफ्नो सफलताको पूर्ण जस श्रीमती जमुना घलेलाई दिएका शेषले आफ्नो कार्यकालमा एनआरएनएलाई स्वच्छ र पवित्र संगठन बनाएको दाबी गरे ।

आफूले एनआरएनएमा लागेर व्यवसायलाई समेत बिर्सिएको बताउँदै घलेले देश विकासका लागि युवा शक्तिलाई देशमा नै खपत गर्नुपर्ने बताए । घलेले एनआरएन स्वदेशमा लगानी बढाउने भावनाका साथ अगाडि बढेको बताए ।

घलेकी श्रीमती जमुना घलेले आफ्नो देश र गाउँको विकासका लागि निकै भावनात्मक सम्बन्ध आफूसँग भए पनि देशको प्रणालीका कारण सक्दो सहयोग गर्न नसकेको गुनासो गरे ।

एनआरएनएका युरोप संयोजक दील गुरुङले देशमा तानाशाही प्रवृत्तिका कारण विकास हुन नसकेको बताए ।

Advertisement

Advertisement

Advertisement