रोनाल्डो प्रेरित पोर्चुगलको विश्वकप छनोट सम्भावना कायमै

Advertisement

एजेन्सीः पोर्चुगलले २०१८ रुस विश्वकपमा छनोटको सम्भावना कायम राखेको छ । क्रिष्टियानो रोनाल्डो प्रेरित टोलीले अन्डोरालाई २–० हराउदै सम्भावना कायम राखेको हो ।

पहिलो हाफको अन्त्यतिर मैदान आएका रोनाल्डोले ६३ औं मिनेटमा खेलमा गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ८६ औं मिनेटमा सिल्भाले टोलीका लागि दोस्रो गोल गरे पछि पोर्चुगल २–० ले विजयी भएको हो ।

यता समूह बीको शीर्ष स्थानमा रहेको स्वीट्जरल्याण्डले पनि हंगेरीलाई ५–२ ले पराजित गरेको छ । अब मंगलबार हुने खेलमा स्वीट्जरल्याण्डलाई हराउन सके पोर्चुगल समूह विजेताका रुपमा छनोट हुनेछ । समुहमा स्वीस टोलीको पोर्चुगलको भन्दा ३ अंकको अग्रता छ, तर गोल अन्तर भने पोर्चुगलको अगाडि छ ।

स्वीस टिमले ९ मा ९ खेल जितेको छ र विश्वकपमा छनोट हुन मात्र १ अंक चाहिन्छ । यो खेल जित्न सकेन भने पोर्चुगलले रुस विवकपमा स्थान बनाउन प्ले अफ खेल्नु पर्नेछ ।

Advertisement

Advertisement

Advertisement