बैंकहरुमा तरलता बढेपछि राष्ट्र बैंकले उठायो पाँच अर्व

Advertisement

काठमाडौँ: नेपाल राष्ट्र बैंकले आइतबार बोलकबोलबाट रु पाँच अर्बको तरलताको रकम विभिन्न बैंकहरुबाट उठाएको छ । बैंकिङ प्रणालीमा लगानीयोग्य पूँजी अधिक भएपछि बैंकले बजारबाट उक्त परिमाणको तरलता प्रशोचन गरेको हो ।

बैंकका सहायक प्रवक्ता नारायण पौडेलका अनुसार आज बोलकबोलबाट बैंकिङ प्रणालीमा बढी भएको रकम ३० दिने निक्षेप संकलन उपकरणमार्फत पैसा उठाउन लागिएको हो ।

राष्ट्र बैंकका अनुसार ब्याजदर बोलकबोलबाट निर्धारण गरिएको थियो । निक्षेपको साँवा र ब्याज भुक्तानी कात्तिक २१ गते हुनेछ ।

हाल बजारमा झण्डै रु एक खर्ब हारहारीमा तरलता रहेको राष्ट्र बैंकले जनाएको छ । बैँकिङ प्रणालीमा तरलता अभाव भयो भने केन्द्रीय बैंकले रिपोमार्फत बजारमा पैसा पठाउने र बढी भए खिच्ने गर्छ ।

यसअघि पनि बैंकले दुईपटक गरी रु छ अर्ब तरलता प्रशोचन गरिसकेको छ ।

बैंकिङ प्रणालीमा तरलता बढे निक्षेपको ब्याजदर पनि प्राय घट्छ। बैंकहरुले सो समस्या संगै कर्जाको ब्याज पनि घटाउनु पर्ने हो तर घटाएका छैनन् ।

Advertisement

Advertisement

Advertisement