सेयर बजारमा ३२ अंकको भारी गिरावट, वाम एकताको चोट काँग्रेसलाई भन्दा बढी सेयर बजारलाई

Advertisement

काठमाडौंः ठूला वामपन्थी दलहरुको एक भएसँगै गत साता सेयर बजारमा देखिएको नकारात्मक प्रभाव यो साता झन ह्वात्तै बढेको छ । गएको बिहीबार गरिव १४ अंकले ओर्लिएको सेयर बजार परिसुचक नेप्से आइतबार साढे ३२ अंकभन्दा बढिले झरेर एक हजार ५१० अंकमा आइपुगेको छ ।

पुँजीबजारका ज्ञाताहरु चुनाव हुन लागेको र चाडपर्वको बेला बजार बढनुपर्नेमा यसरी भारी अंकले घटनुको प्रमुख कारण राजनीतिक नै हुनसक्ने बताउँछन् । राजनीतिक अन्यौलताको मौकामा यसभित्रका खेलाडीहरुले खेल्ने मौका पनि पाएको हुनसक्ने कतिपयको भनाई छ ।

कारोबार रकम बढ्दै गएर आज ४१ करोड रुपियाँभन्दा बढिको सेयर किनबेच भए पनि नेप्से भने ३२ दशमलव ६४ अंकले झरेको छ । सबै समूहका उपसुचकहरु ओरालो लागेका छन् । प्रतिशतका हिसावले सबैभन्दा बढि व्यापार समूहमा चार प्रतिशतभन्दा बढिको गिरावट देखिए पनि आयतनका हिसावले बाणिज्य बैंक समूहको सेयर झरेको छ । बाणिज्य बैंक समूहले सेयर बजारमा ठूलो हिस्सा ओगट्दै आएको छ ।

बाणिज्य बैंक समूहको उपसुचक दुई दशमलव १६ प्रतिशतले, होटल समूहको दुई दशमलव ७७ प्रतिशतले, विकास बैंक समूहको दुई दशमलव ७८ प्रतिशतले, जलविद्युत दुई दशमलव ०४ प्रतिशतले, बिमा दुई दशमलव २८ प्रतिशतले, वित्त, एक दशमलव ९० प्रतिशतले घटेको छ । उत्पादनमूलक र अन्य समूहको गिरावट एक प्रतिशतभन्दा कम छ ।

आज कुल १५२ कम्पनीको सेयर किनबेच भएकोमा जनता बैंकको सबैभन्दा बढि एक करोड ५२ लाख रुपियाँको मात्रै सेयर किनबेच भएको छ । सबैभन्दा धेरै नाफा गर्ने महिना लघुवित्त सामुदायिक वित्तीय संस्थाका लगानीकर्ताले करिव चार प्रतिशतको मात्रै नाफा गरेका छन् भने घाटा खानेमा सबैभन्दा अगाडि रुरल माइक्रोफाइनान्स डेभलपमेन्ट सेन्टर, स्वाबलम्बन विकास बैंक, स्वरोजगार लघुवित्त वित्तीय संस्थाका लगानीकर्ता अगाडि छन् ।

Advertisement

Advertisement

Advertisement