लगातार ८० घण्टा बोलेर अनन्तरामले बिश्व रेकर्ड बनाएको दावी

Advertisement

काठमाडौंः नुवाकोटका अनन्तराम केसीले लगातार ८० घण्टा चार मिनेट बोलेर बिश्व रेकर्ड कायम गरेका छन् । यसअघि भारत गुजरातका आश्विन सुंडाईको ७५ घन्टा ३२ मिनेटको रेकर्डलाई तोड्दै केसीले चार घन्टा चार मिनेट बढि बोलेर गिनिज बुक अफ वल्र्ड रेकर्डमा आफ्नो नाम दर्ता गराएको आयोजक लायन्स क्लब आफ काठमाडौं बिहानीले जानकारी दिएको छ ।

असोज १९ गते बिहान ६ बजेर ५८ मिनेटदेखि २२ गते दिउसो ३ बजेर २ मिनेटमा ८० घण्टा ४ मिनेट पार गरेको समय मुल्याङ्कन संयोजक राजेन्द्र ओझाले जानकारी दिए । ओझाले भने– उहाँ लगातार बोल्नुभएको हो । र, अब हामीले यो रेकर्ड लण्डनस्थित गिनिज बुक अफ वल्ड रेकर्डको मुख्य कार्यालयमा केही समय लगत्तै पठाउँछौ । त्यसपछि यसको मुल्याङन पश्चात नतिजा आउने छ ।’

अन्तिम मुल्याङनकर्ताका रुपमा कराँतेका राष्ट्रिय निर्णायक श्याम रोका र राजन दाहाल रहेका थिए । ओझा एसियन कराँते महासंघका अन्तर्राष्ट्रिय निर्णायक हुन । लायन्स क्लब अफ काठमाडौं बिहानीको आयोजनामा भएको कार्यक्रममा केसीले लगातार प्रवचन दिएका थिए । उनले ७७ वटा बिषयमा आफ्नो भाषण प्रस्तुत गरेको लायन्स क्लब अफ काठमाडौं बिहानीका प्रवक्ता प्रदीप भुषालले जानकारी दिए ।

Advertisement

Advertisement

Advertisement