धनगढी प्रिमियर लिगको दोस्रो संस्करण माघदेखि

Advertisement

काठमाडौंः नेपालकै ठुलो क्रिकेट प्रपियोगिता धनगढी प्रिमियर लिग (डीपीएल)को दोस्रो संस्करण माघ पाँच गतेदखि हुने भएको छ । आयोजक धनगढी क्रिकेट एकेडेमी र सुदूरपश्चिमाञ्चल एकेडेमीले आइतबार काठमाडौंमा संयक्त पत्रकार सम्मेलन गरी डीपीएलको आयोजनाको मिति घोषणा गरेको हो । प्रतियोगिताको पुरस्कार पनि यसपटक दोब्बर बनाइएको जानकारी आयोजकले दिएको छ ।

पहिलो संस्करणमा २८ लाख ५० रुपियाँ पुरस्कार रहेकोमा दोस्रो संस्करणमा बढाएर कुल पुरस्कार राशि ५० लाख रुपियाँ पुर्‍याइएको बताइएको छ । प्रतियोगिताको विजेता टोलीले २५ लाख र उपविजेताले १० लाख रुपियाँ पुरस्कार प्राप्त गर्नेछन् । पहिलो संस्करणको विजेताले १५ लाख र उपविजेताले सात लाख रुपियाँ पाएका थिए । तेस्रो र चौथो हुने टोलीलाई पनि क्रमशः तीन लाख र दुई लाख रुपियाँ प्रदान गरिनेछ ।

प्रतियोगितामा प्रत्येक खेलको म्यान अफ दी म्याचले पनि १० हजार रुपैयाँ पुरस्कार पाउनेछन् भने म्यान अफ दी सिरिजलाई टीभीएस मोटरसाइकल पुरस्कार प्रदान गरिनेछ । पहिलो संस्करणमामा काठमाडौं गोल्डन, विराटनगर किङ्स, रूपेन्देही च्यालेन्जर्स, सिवाईसी अत्तरिया, कञ्चनपुर आइकोनिक र टिम चौराह धनगढीले प्रतिस्पर्धा गरेका थिए ।

प्रतियोगितालाई रुस्लान क्रिकेटले मुख्य प्रायोजन गर्ने भएको छ । प्रायोजनसम्बन्धी सम्झौतापत्रमा आइतबार नै सम्झौता भएको छ । सम्झौताअनुसार रुस्लान क्रिकेटले ३५ लाख रुपियाँ आयोजकलाई प्रदान गर्नेछ।

Advertisement

Advertisement

Advertisement