नेप्सेको महाप्रवन्धकमा विवादास्पद अनुहार, देउवाले क्षेत्रीय नाता जोड्दै साउदलाई रोजे

Advertisement

काठमाडौंः सरकारले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को महाप्रवन्धकमा चन्द्रसिंह साउदलाई नियुक्त गरेको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद बैठकले साउदलाई नियुक्ति गरेको हो ।

विगतमा विवादास्पद घटनामा संलग्न साउनलाई प्रधानमन्त्री शेरबहादुर देउवाले क्षेत्रीय नाताले नियुक्ति गरेको प्रष्ट देखिन्छ । साउन सुदूरपश्चिमका हुन । मन्त्रिपरिषदमा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले तीन जनाको नाम प्रस्ताव गरेकामा देउवाले साउदलाई रोजेका हुन ।

अर्थमन्त्रालयले गठन गरेको महाप्रवन्धक छनोट समितिले अन्तिम तीन जनामा मनोज साउदबाहेक, ज्योति विकास बैंकका डेपुटी सिइओ मनोज ज्ञवाली र प्राध्यापक प्रमोद शर्मा थिए । नम्बरका हिसावले ज्ञवाली पहिलो, शर्मा दोस्रो र साउन तेस्रो नम्बरमा भए पनि मन्त्रिपरिषदले साउदलाई रोजेको हो ।

उनी यसअघि नेपाल इन्स्यारेन्स कम्पनीको सिइओ हुँदा कम्पनीलाई समस्याग्रस्त अवस्थामा पुर्याएको भन्दै कम्पनीका सबै कर्मचारीहरुले साउदलाई बाहिरिन बाध्य पारेका थिए ।

नेपाल इन्स्योरेन्समा रहँदा भोजराज जोशीको नाममा ठुलो संख्यामा आफैंले सेयर खरिद गरेर इन्साइडर ट्रेडिङ गरेको आरोप खेप्दै आएका साउदविरुद्ध अख्तियारमा समेत उजुरीहरु परेका छन् ।

नेप्सेको महाप्रवन्धकका लागि कुल १३ जनाले इच्छा देखाएकामा अन्तिम तीनमा ज्ञवाली, साउद र शर्मा सिफारिस हुन सफल भएका थिए । विसं २०५१ सालमा नेपाल इन्स्योरेन्समा छैठौं श्रेणीको अधिकृत तहबाट जागिर सुरु गरेका साउद पछि सिइओ भएका थिए । व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका उनी नेपाल पुनर्वीमा कम्पनी लिमिटेडको सञ्चालक सदस्य र पछिल्लो समयमा चार्टर्ड क्यापिटल एण्ड इन्भेस्टमेन्ट लिमिटेडका अध्यक्ष रहेका थिए ।

Advertisement

Advertisement

Advertisement