नयाँ बिमा कम्पनी युनियन लाइफ आइपीओ जारि गर्दै

Advertisement

काठमाडौंः युनियन लाइफ इन्सुरेन्सले आइपीओ निष्कासन गर्ने निर्णय गरेको छ । कम्पनीले ६४ करोड ५० लाख रुपियाँ बराबरको ६४ लाख ५० हजार कित्ता आइपीओ निष्कासन गर्ने भएको हो । युनियनले उक्त निर्णय अनुमोदनका लागि कात्तिक १३ गते साधारणसभा बोलाएको छ ।

भर्खरै मात्र सञ्चालनमा आएका पाँच नयाँ जीवन बिमा कम्पनीमध्येको युनियन लाइफ इन्सुरेन्सले दशैं अघिदेखि कारोबार सुरु गरेको हो । कम्पनीले कात्तिक १३ गतेको साधारणसभाबाट सर्वसाधारणका लागि छुट्याइएको ३० प्रतिशत पुँजीको आइपीओ जारी गर्ने विषेश प्रस्ताव पारित गर्नेछ । यस्तै, साधारणसभामा संस्थापक सेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने चार जना सञ्चालकको निर्वाचन गर्ने, प्रमुख कार्यकारी अधिकृत (सीइओ)को नियुक्ति अनुमोदन गर्नेलगायत प्रस्तावसमेत पेस गर्दै छ ।

कम्पनीको अहिले चुक्ता पुँजी एक अर्ब ५० करोड ५० लाख रुपियाँ छ । आइपीओ जारीपछि कम्पनीको चुक्ता पुँजी दुई अर्ब १४ करोड ५० लाख रुपियाँ पुग्नेछ । जीवन बिमा कम्पनीहरुको चुक्ता पुँजी न्यूनतम दुई अर्ब रुपैयाँ पुग्नुपर्ने प्रावधान छ ।

Advertisement

Advertisement

Advertisement