एमाले, माओवादी केन्द्र, राप्रपा र नयाँ शक्ति छोडेर करिव दुइसय काँग्रेसमा छिरे

Advertisement

काठमाडौंः रसुवाका पूर्वजिविस सभापति मिलन तामाङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वजिल्ला अध्यक्ष वाङगेल थोक्रा, नवकुण्डा गाउँपालिका रसुवाका युवा संघ नेपालका उपाध्यक्ष मंगले थोक्रा, राप्रपाका गेलुङ लामा, नयाँ शक्तिका मंगले तामाङ लगायत दुईसय विभिन्न दलका नेता कार्यकर्ता कांग्रेसमा छिरेका छन् ।

कांग्रेस सभापति एंव प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री सोमबार बिहान बालुवाटारमा आयोजित एक कार्यक्रममा उनीहरुलाई टिका र खादा लगाई पार्टी प्रवेश गराए । रसुवा जिल्लामा इन्जिनियरसमेत रहेका काँग्रेसका मोहन आचार्यलाई सर्वसम्मत रूपमा प्रतिनिधिसभा सदस्यका लागी उम्मेदवार सिफारिस गरेको अवस्था छ ।

Advertisement

Advertisement

Advertisement