एमाले तेस्रो दल बन्ने भन्दै एक काँग्रेस नेताले खिल्ली उँडाए

Advertisement

काठमाडौंः कांग्रेस नेता एनपी साउदले लोकतान्त्रिक गठबन्धनभित्र सिट तालमेललाई लिएर कुनै समस्या नआउने दावी गर्दै कांग्रेसले राष्ट्रवादी, लोकतान्त्रिक र प्रगतिशील शक्तिहरुलाई एक ठाउँमा उभ्याउने बताएका छन् ।

रिपोर्टर्स क्लवमा सोमबार उनले राष्ट्रवादी, लोकतान्त्रिक र प्रगतिशील शक्तिहरुलाई एक ठाउँमा उभ्याउँदै प्रजातन्त्र र राष्ट्रियताको रक्षाको लागि काँग्रेस अघि बढ्ने बताए । उनले भने, ‘हामी अहिले सबैलाई समेट्ने कोशिस गर्दैछौं ।’

त्यस्तै साउदले सबै सहयात्री दलहरुलाई खुल्ला हृदयले सिट संख्याको भागबण्डामा उदार व्यवहार गर्न आफूहरु तयार रहेको बताए । उनले भने, ‘अहिलेको राजनीतिक धु्रवीकृत बन्दै गएको छ, वामगठबन्धन बनेसँगै कांग्रेसको नेतृत्वमा समेत बृहत्त लोकतान्त्रिक गठबन्धन बन्दैछ, त्यसैले हामीले वाम गठबन्धनलाई अस्वभाविक रुपमा लिएका छौं । हामीलाई यसले केही फरक पर्दैन् ।’

उनले आन्तरिक उत्प्रेरणाको आधारमा वाम गठबन्धन बनेको भए केही तरँग नआउने विश्वास गरे । साउदले एमाले र माओवादी केन्द्रबीचको वाम गठबन्धन अस्वभाविक भए पनि आफूहरुलाई कुनै फरक नपर्ने तर्क गरे ।

उनले विगतमा पनि कांग्रेसले यस्तो वामपन्थी गठबन्धन फेस गरेर आएको भन्दै अहिलेको एमाले, माओवादी केन्द्र र नयाँशक्ति नेपालबीचको एकता प्रयासबाट आफूहरु नआत्तिएको दावी गरे । साउदले भने, ‘कांग्रेसले विगतका दिनहरुमा समेत यस्तो खाले वाम गठबन्धनहरुसँग संघर्ष गर्दै आएको हो, हामीलाई केही फरक पर्दैन् ।’

वाम गठबन्धन गरे पनि अबको निर्वाचनमा एमाले तेस्रो दल बने कसैले आश्चर्य मान्न नहुने भन्दै उनले खिल्ली समेत उडाए । साउदले भने, ‘वाम तालमेल लामो समयसम्म जाँदैन्, किनकी उहाँहरुले जसरी ६० र ४० को भागबण्डा गर्दै जानुभएको छ, यो यही तरिकाले जाने हो भने भोलि दुवै पार्टीको राष्ट्रिय पहिचान नै गुम्ने हामीले विश्वास लिएका छौं ।’

साउदले माओवादी केन्द्रलाई अत्यन्तै कठिन सहयात्री पार्टीको संज्ञा दिए । उनले थपे, ‘वास्तवमा भन्ने हो भने माओवादी केन्द्र त कठिन सहयात्री नै हो, निकट विगतमा पनि हामीले यो कुरा भोग्यौं, माओवादी केन्द्रमा माओवादभन्दा पनि क्रमभंगवाद देखिएको छ ।’

माओवादी केन्द्रका मन्त्रीहरुलाई हटाउने वा के गर्ने भनेर अहिले नै निर्णय नगरिसकेको पनि उनले जानकारी दिए । साउदले भने, ‘हुन त माओवादी केन्द्रका साथीहरुले हामीलाई वाम गठबन्धन बनाउँछौं भनेर भनि पनि दिनुभएन, तर हामीले उहाँहरुलाई अहिल्यै नै बर्खास्त गर्नेबारे सोचेका छैनौं ।’

Advertisement

Advertisement

Advertisement