चुनाव सार्न सरकारको अनौपचारिक प्रस्ताव, राष्ट्रपतिले भनिन् - सहमति विना गलत कार्य

Advertisement

काठमाडौं: सरकारले प्रदेश र प्रतिनिधिसभाको निर्वाचन ३१ मंसिरमा एकै चरणमा गर्ने अनौपचारिक प्रस्ताव गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीमार्फत त्यस्तो प्रस्ताव गरेका हुन् । तर, राष्ट्रपति भण्डारीले निर्वचन सार्दा गलत सन्देश प्रवाहित हुने भन्दै सरकारलाई सचेत गराएकी छन् ।

आजको नयाँ पत्रिका दैनिक खबरको अगाडि लेख्छ – निर्वाचन एकै चरणमा गर्ने प्रधानमन्त्रीको सन्देश लिएर अर्थमन्त्री कार्की शनिबार बेलुका शीतलनिवास पुगेका थिए । ‘अहिले दलहरु आन्तरिक गठबन्धनमा लागेकाले उम्मेदवार चयनका लागि पनि समय अभाव हुने देखिएको छ, त्यसकारण समानुपातिक र प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन कम्तीमा पाँच दिन सार्नुपर्ने देखिन्छ’ राष्ट्रपतिसमक्ष अर्थमन्त्रीले राखेको प्रस्ताव उद्धृत गर्दै स्रोतले भन्यो, ‘यस्तो अवस्थामा १० मंसिरका लागि तोकिएको पहिलो चरणको निर्वाचन स्थगित गरेर २१ गते एउटै चरणमा गदर्ला कत्तिको उपयुक्त होला ?’

जवाफमा राष्ट्रपति भण्डारीले सबै दल र निर्वाचन आयोगको सहमतिविना सरकारले निर्वाचनको मिति सार्दा गलत सन्देश जाने बताएकी थिइन् ।

Advertisement

Advertisement

Advertisement