नयाँ सडकमा गरिमा विकास बैंकको शाखा

Advertisement

काठमाडौंः गरिमा विकास बैंकले नयाँ सडकमा शाखा बिस्तार गरेको छ । सोमबार एक कार्यक्रमका बीच बैंकले नयाँ सडकमा आफ्नो ४८ औं शाखा सञ्चालनमा ल्याएको हो ।

बैंकको बिस्तारित शाखाको उद्घाटन नेपाल राष्ट् बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले गरे । कार्यक्रममा बैंकका अध्यक्ष चन्द्रकान्त बराल तथा प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल उपस्थित थिए ।

बिस्तारित शाखाबाट लकर सुविधा तथा एटीएमका साथै सबै किसिमका बैंकिङ सुविधा पाउने बैंकले जनाएको छ । राष्ट्रिरस्तरको गरिमा विकास बैंकले म्याग्दीको बेनीमा केन्द्रिय कार्यालय रहेको निलगिरी विकास बैंक र चितवनको सुभेच्छा विकास बैंकलाई आफुमा गाभिसकेको छ ।

बैंकले केही दिनमा नै रुपन्देहीको मणिग्राममा ४९ औं शाखा बिस्तार गर्ने जनाएको छ । निकट भविष्यमा नै प्रदेश नम्बर एकमा १० वटा शाखा सञ्चालनमा ल्याउने तयारी गरेको गरिमाले अन्य पाँच स्थानमा पनि शाखा बिस्तार गर्ने तयारी भैरहेको बैंकका प्रमुख कार्यकारी अधिकृत ढकालले बताए ।

Advertisement

Advertisement

Advertisement