एमाले नेता साहको घाँटी रेटेर हत्या

Advertisement

सिरहाः काठमाडौंमा निर्माण व्यावसायीको हत्या भएको २४ घण्टा नबित्दै सिरहामा अर्को हत्या भएको छ । कर्जन्हा नगरपालिका ३८ बर्षीय नेकपा एमालेको स्थाानीय नेता शशिभूषण साहको हत्या भएको हो । घरमा सुतिरहेका साहको घाँटी रेटेर अज्ञात समूहले हत्या गरेको सिरहा प्रहरीले जनाएको छ ।

काठमाडैंमा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष सरदकुमार गौचनलाई दिनदहाडै सोमबार दिउसो अज्ञात समूहले गोली हानी हत्या गरेका थिए । दुई तल्ले घरको भुइँतल्लामा साह र माथिल्लो कोठामा अन्य सदस्यहरु सुतिरहेका थिए । शाह एमालेको तर्फबाट कर्जन्हा नपा १० मा वडा सदस्यको निर्वाचनमा पराजित भएका थिए ।

सिरहा प्रहरीका अनुसार अज्ञात समूहले धारिलो हतियार प्रहार गरी घाँटी रेटेर उनको हत्या गरेका छन् । हत्या कसले र किन गरेको विषयमा अझै खुल्न सकेका छैन् । तर घटनाबारे अनुसन्धान थालेको र अपराधिको खोजी भइरहेको प्रहरिले जनाएको छ । हत्या गरिएका साहको शव अहिले पोष्टमार्टमका लागि लहान लगिएको छ।

Advertisement

Advertisement

Advertisement