सार्वजनिक यातायातका चालकहरुलाई पोषाक अनिवार्य गर्ने तयारी, अनुशासित हुने विश्वास

Advertisement

काठमाडौंः ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाभित्र सञ्चालन हुँदै आएका सार्वजनिक सवारी साधनका चालक र सहचालकलाई पोषाक अनिवार्य गर्ने तयारी गरेको छ । पेशाप्रति अनुशासित र जिम्मेवार बनाउन प्रहरीले पोषाक अनिवार्य लगाउनुपर्ने व्यवस्था गर्न लागेको हो ।

विभिन्न मुलुकका शहरहरुमा सार्वजनिक सवारी साधनका चालकलाई पोषाक अनिवार्य गरिए पनि नेपालमा भने अनिवार्य व्यवस्था छैन । महानगरीय ट्राफिक प्रहरी, यातायात व्यवस्था विभाग, व्यवसायी र निजी विद्यालयका प्रतिनिधिहरुबीच भएको छलफलले चालक र सहचालकलाई पोषाकको व्यवस्था गर्ने निर्णय गरेको हो ।

यसको सुरुवात त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चल्ने पर्यटक ट्याक्सीका चालकहरुबाट सुरु गरिने छ । महानगरीय ट्रफिक महाशाखाका प्रमुख डीआईजी सर्वेन्द्र खनालका अनुसार यस सुरुवातले चालक र सहचालकलाई अनुशासित भएर काम गर्न आफ्ना यात्रु र
पैदल यात्रुप्रति संवेदनशील हुन बल पुग्छ । यद्यपि पोषाकको रंग भने अझै टुँगो लागिसकेको छैन । यस्तो पोषाक सर्वसाधारण यात्रु बोक्ने सबै किसिमका सवारी साधनदेखि विद्यालयका सवारी साधन चलाउने र ट्याक्सीका चालकहरुसम्मलाई अनिवार्य गर्दै लगिने छ ।

Advertisement

Advertisement

Advertisement