एफसी एसियन कप छनोटः नेपाल र ताजिकिस्थान आज भिडदै

Advertisement

काठमाडौंः नेपालले मंगलबार एएफसी एसियन कप छनोटअन्तर्गत समूह ‘एफ’को आफ्नो खेलमा ताजिकिस्तानसँग उस्कै घरेलु मैदानमा खेल्दै छ । नेपालले अघिल्ला तीन खेलमा जित निकाल्न सकेको छैन । ताजिकिस्तानसँगको खेलमा आज साँझ मैदान उत्रदा नेपाल समुहमा पहिलो जितको खोजिमा हुने छ ।

जितविहीन नेपाल एक अंकका साथ तालिकाको पुच्छरमा रहेको छ । नेपाललाई एसियन कप अन्तिम चरणमा छनोटको सम्भावना जारि राख्न यो खेल जित्नैपर्ने दबाब छ । त्यसैले नेपाल यो खेलमा नयाँ संरचनाका साथ मैदान उत्रदै छ । नेपालले विगतका खेलमा ४–४–२ को रणनीति प्रयोग गर्दै आएको थियो भने अब ३–४–३ को रणनीति अपनाउँदै छ ।

टोलीले केहि सातायता यसै संरचनामा अभ्यास गर्दै आइरहेको थियो । नयाँ संरचनाका साथ मैदान उत्रने नेपाली टोलीमा पछिल्लो खेलमा केही परिवर्तनको सम्भावना छ । नेपाल जितका लागि ताजिकिस्तान भ्रमणमा गएपनि खेल निकै कठिन हुनेछ । पछिल्लो खेलमा नेपाललार्इृ घरेलु मैदानमा पराजित गरेको ताजिकिस्तान नेपालको तुलनामा माथिल्लो स्तरको टोली हो ।

समूहमा सबैभन्दा बलियो फिलिपिन्स ७ अंकका साथ शीर्षस्थानमा छ भने यमन ५ अंकका साथ दोस्रोमा र ताजिकिस्तान तीन अंकका साथ तेस्रो स्थानमा रहेको छ ।

Advertisement

Advertisement

Advertisement