समिट एयरले थप्यो नयाँ जहाज, पूर्वी तथा पश्चिमी गन्तव्यमा उडान भरिने

Advertisement

काठमाडौंः समिट एयर (पहिलाको गोमा एयर)ले १८ सिट क्षमताको अर्को जहाज नेपाल भित्राएको छ । एल४१०–यूभीपीइ–२० कल साइलको सो जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

निर्माण भएपछि दुई घण्टाभन्दा कम उडान भरेको यो जहाज मंगलबार दिल्लीबाट दिउसो १ बजे काठमाडौं आइपुगेको हो । क्याप्टेन स्टेफेन जोलीले अल्जेरियाबाट ल्याएको एल४१०–यूभीपीइ–२० जहाज अटो पाइलट, वेदर राडार जस्ता नयाँ विशेषताहरु रहेका छन् । एयर कण्डिशन सुविधा रहेको पहिलो आन्तरिक उडानको जहाज भएको कम्पनीको भनाई छ ।

नेपालको नागरिक उड्डयनका सबै शर्तहरु पूरा गरेपछि यसले व्यवसायिक उडान सुरु गर्ने भन्दै कम्पनीले विशेषगरी पूर्वी तथा पश्चिमी गन्तव्यहरुमा उडान सञ्चालन गरिने जनाइएको छ ।

Advertisement

Advertisement

Advertisement