धादिङमा बस दुर्घटना हुँदा एकको मृत्यु दर्जनौ घाइते

Advertisement

धादिङः जिल्लाको उत्तरी गाउँपालिका गंगाजमुनाबाट सदरमुकाम धादिङवेशी आउँदै गरेको वा ३ ख ४७८ नम्वरको बस नीलकण्ठ नगरपालिकाको साँकोष भन्ने ठाउँमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ५३ जना घाइते भएका छन्। क्षमताभन्दा दोब्बर बढी यात्रु बोकेको यात्रुवाहक बस सडकबाट पल्टिँदै बारीमा पुगेको प्रत्यक्षदर्शीले बताएका छन् ।

दुर्घटना सदरमुकाम नजिकै भएकाले घाइतेहरुको चाँडै उद्दार भएको थियो । सामान्य घाइतेहरु उपचारपछि घर फर्किए पनि गम्भीर घाइतेहरुलाई थप उपचारका लागि राजधानीको राष्ट्रिय ट्रमा सेन्टरमा पठाइएको छ । पठाउने क्रममा एक जनाको बाटोमै मृत्यु भएको हो ।

मृत्यु हुनेमा गंगाजुमना गाउँपालिका वडा नं ३ का ५० वर्षीय होमबहादुर घले छन्। दुर्घटनामा सामान्य घाइते भएका बसका चालक र सहचालकलार्इ प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ । ग्रामीण क्षेत्रमा यातायातका साधन थोरै हुने र बस व्यवसायी र चालकहरुले फाइदाका लागि बढी यात्रु बोक्ने गर्दा दुर्घटना बढी हुने गरेका छन् ।

Advertisement

Advertisement

Advertisement