भारतको हातमा रहेको सत्ताको साँचो ‘भ्याटिकन सिटि’ पुगेपछि राजनीतिक उथलपुथल

Advertisement

काठमाडौंः एकिकृत राष्ट्रवादी गठबन्धनले एमाले, माओवादी केन्द्र र नयाँ शक्तिबीच बनेको वाम गठबन्धन मुलुक र जनताको हितमा नभएको आरोप लगाएको छ । बुधबार पत्रकार सम्मेलन गर्दै गठबन्धनका संयोजक बालकृष्ण न्यौपानेले वर्तमान समयमा विकसित भएका गठबन्धनहरु अपवित्र भएको टिप्पणी गरे ।

उनले भने, ‘वामगठबन्धन र लोकतान्त्रिक गठबन्धनको नाममा राजीनित ध्रुविकरण भइरहेको छ, यो मुलुक र जनताको हितमा छैन्, अर्कोतर्फ यो संविधानको काम छैन्, २०४७ सालको संविधानले राजनीतिक निकास दिन्छ, सबैले यसतर्फ ध्यान दिनुपर्छ ।’

एकीकृत राष्ट्रवादी गठबन्धनमा समाहित राष्ट्रिय शिवसेना पार्टीका अध्यक्ष विक्रमबहादुर बमले भारतको हातमा रहेको राजनीतिको साँचो ‘भ्याटिकन सिटि’को हातमा परेको आरोप लगाए ।

उनले भने, ‘हिजो नेपालको राजनीति भारतबाट चल्छ भन्थे, आज त्यो साँचो ‘भ्याटिकन सिटि’को हातमा पुगेको छ, अब नेपालको राजकीय सत्ताको साँचो नेपालमै फर्काउनलाई संवैधानिक राजतन्त्रबाहेक अरु कसैले सक्दैन ।’

अध्यक्ष बमले भने, ‘हामीले १२ दलीय राष्ट्रवादी गठबन्धन बनाएका छौँ, राष्ट्रको हितमा यसले नयाँ शिराबाट काम गर्नेछ ।’ कार्यक्रममा सिद्धार्थ अधिकारी, रोमलाल गिरी, शुष्मा बरालले, आर्जु थापा श्रेष्ठ लगायतले आफ्ना धारणा राखेका थिए ।

Advertisement

Advertisement

Advertisement