नेप्सेका प्रमुख कार्यकारी अधिकृत साउदले गरे पदभार ग्रहण

Advertisement

काठमाडौंः नेपाल स्टक एक्सचेन्ज लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले बुधबार पदभार ग्रहण गरेका छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकबाट प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका साउदले नेप्से सञ्चालक समितिका अध्यक्ष लक्ष्मण न्यौपानेबाट पद तथा गोपनियताको शपथ ग्रहण गरी कार्यारम्भ गरे ।

उनले सरोकारवालासँग कार्यशील सम्बन्ध बनाई मुलुकको आवश्यकता अनुसार पुँजी बजारको विकासमा लाग्ने बताए । साउदलाई आजै अम्बिकाप्रसाद पौडेल नेतृत्वको नेपाल इन्भेष्टर्स फोरमको प्रतिनिधिमण्डलले भेटी बधाई दियो ।

Advertisement

Advertisement

Advertisement