गौचनको शव श्रद्धाञ्जलिका लागि महासंघको कार्यालय र थकाली सेवा समाजमा राखिंदै

Advertisement

काठमाडौँ: चार दिन अघि गोलि हानी हत्या गरिएका नेपाल निर्माण व्यवसायी संघका अध्यक्ष शरदकुमार गौचनको शव आज बिहान ९ बजेदेखि १२ बजेसम्म श्रद्धाञ्जलिका लागि महासंघको कर्यलालयमा राखिएको छ ।

उनको शव परिवारले बुझेपछि श्रद्धाञ्जलिका त्यहाँ राखिएको हो ।

सोमबार दिउँसो नयाँ बानेश्वरस्थित घरबाट निस्कने क्रममा अज्ञात समूहको गोली लागेर निधन भएको थियो ।

गौचनका काका ओमकार गौचनका अनुसार महासंघ र गृहमन्त्रीको बुधबार भएको भेटमा गौचनलाई शहिद घोषणा गर्न गृहमन्त्री सकारात्मक देखिएको र आगामी बस्ने मन्त्रिपरिषद्को बैठकमा उक्त प्रस्ताव लैजाने आश्वासन दिएपछि शव बुझेको बताए ।

यस्तै, गृहमन्त्रीले व्यवसायीको सुरक्षा दिने समेत प्रतिबद्धता जनाइसकेका छन् ।

महासंघका एसोशियट सदस्य शिवहरि घिमिरेका अनुसार पहिले महासंघको कार्यालय बिजुलीबजारमा शव राखिने र पछि पुनः थकाली सेवा समाज बालाजुमा पनि श्रद्धाञ्जलिका लागि केहि समय राखिनेछ ।

अध्यक्ष गौचनको हत्याको विरोधमा आज एक घण्टा काठमाडौँका विभिन्न ठाउँमा चक्काजाम तथा भोलि मुख्य राजमार्गमा चक्काजाम गरिने महासंघले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement