विश्वकप २०१८ः छनोट भएका र नभएका राष्ट्रहरु यस्ता छन्

Advertisement

एजेन्सीः अर्को वर्ष रुसमा हुने फिफा विश्वकप फुटबलको छनोट चरण अन्तिम अवस्थामा पुगेको छ । सहभागी हुन पाउने ३२ टोली मध्येबाट आयोजक रुससहित २३ टोलीले स्थान सुरक्षित गरिसकेका छन् । अब अन्तर महादेशीय र महादेशीय प्ले अफमार्फत आउने टोलीहरुको टुंगो अर्को महिनासम्ममा लाग्नेछ ।

हाल सम्मँ विश्वकपमा छनोट भएका मध्येमा पाँच पटकको विश्व बिजेता ब्राजिल, साविक बिजेता जर्मनीसँगै अर्जेन्टिना, बेल्जियम, कोलम्बिया, कोष्टा रिका, इंग्ल्याण्ड, इजिप्ट, फ्रान्स, आइसल्याण्ड, इरान, जापान, मेक्सिको, नाइजेरिया, पानामा, पोल्याण्ड, पोर्चुगल, साउदी अरेविया, सर्विया, दक्षिण कोरिया, स्पेन र उरुग्वे रुस विश्वकपमा स्थान बनाइसकेका छन् ।

जसमा युरोपबाट आयोजक रुससहित १०, एशियाबाट ४, अफ्रिकाबाट २, उत्तर अमेरिकाबाट ३ र दक्षिण अमेरिकाबाट ४ टोलीले विश्वकप सहभागिता पक्का गरिसकेका छन् ।यसपटक युरोपबाट छनोट भएको आइसल्याण्ड र उत्तर अमेरिकाबाट छनोट भएको पानामाले पहिलो पटक विश्वकप छनोट भएका हुँन् । आइसल्याण्ड जनसंख्याको हिसावमा विश्वकपमा पुग्ने सबैभन्दा सानो मुलुक समेत हो ।

विश्वकप २०१८ बाटबाहिरिएका टोली

साथै आगामि बर्ष हुँने विश्वकपमा चिली र नेदरल्याण्ड्स बाहिरिइसकेका छन् । चिली दक्षिण अमेरिकी च्याम्पियन हो भने नेदरल्याण्ड्स गत संस्करणको सेमिफाइनलिष्ट हो । त्यस्तै वेल्स, टर्की, युक्रेन, घाना, चीन, इराक, अमेरिका तथा अल्जेरियापनि यस पटक विश्वकपमा स्थान बनाउन असफल रहे ।

प्ले अफ खेल्ने टोलीहरु

विश्वकप छनोटका लागि स्वीडेन, स्वीट्जरल्याण्ड, उत्तरी आयरल्याण्ड, रिपब्लिक अफ आयरल्याण्ड, डेनमार्क, इटाली, ग्रिस र क्रोएसियाबीच प्ले अफ हुनेछ । साथै न्युजिल्यान्डले पेरुसँग र होन्डुरसले अस्ट्रेलियासँग प्ले अफ खेल्ने छन् । एजेन्सीहरुको सहयोगमा

Advertisement

Advertisement

Advertisement