संसदको आयु आज सकिँदै गर्दा महत्त्वपूर्ण १२ निर्णयहरु यस्ता रहे

Advertisement

काठमाडौँ: समानुपातिक तर्फको बन्द सूचि निर्वाचन आयोगमा दलहरुले पेश गर्नु एक दिन अगाडी हाल कायम रहेको संसदको आयु शुक्रबारबाट विधिवत रुपमा सकिंदै छ।

२०७२ असोज ३ गते संविधान जारी भएपछि संविधानसभाबाट रूपान्तरित संसद्को अन्तिम बैठक शुक्रबार बस्ने छ । ६ सय १ सदस्यीय संविधानसभा संविधान जारी भएपछि कार्यान्वयनमा महत्वपूर्ण कार्य गर्नुपर्ने भन्दै संसद्मा रूपान्तरण भएको थियो ।

संसद्को म्याद माघ ७ गतेसम्म रहे पनि त्यसअगावै प्रतिनिधिसभा निर्वाचन हुने भए मनोनयनको अघिल्लो दिन स्वतः समाप्त हुने संवैधानिक व्यवस्थाअनुसार संसद्को आयु शनिबार समाप्त हुँदै छ ।

निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउने दिन आइतबार तोकेको छ ।

पहिलो संविधानसभा संविधान जारी गर्न असफल भएपछि राजनीतिक सहमतिमा दोस्रो संविधानसभाको निर्वाचन भएको थियो ।

संविधानसभा गठन भए पनि यसले संसद्को भूमिका पनि निर्वाह गरेको थियो ।

यही दुई वर्षको अवधिमा संसदबाट केके त्यस्ता महत्त्वपूर्ण काम भए एकपटक पढौं

१) रूपान्तरित संसद्को पहिलो अधिवेशन २०७२ असोज १५ गते सुरु
२) असोज २४ गते एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री निर्वा्चित
३) असोज २७ मा ओनसरी घर्ती सभामुख निर्वा्चित
५) कात्तिक ११ मा विद्यादेवी भण्डारी राष्ट्रपति निर्वा्चित
६) कात्तिक १४ मा नन्दबहादुर पुन उपराष्ट्रपति निर्वा्चित
७) फागुन १२ मा अख्तियार प्रमुख लोकमानसिंह कार्की्विरुद्ध महाभियोग प्रस्ताव दर्ता
८) साउन ७ मा तत्कालीन प्रधानमन्त्री ओलीविरुद्ध माओवादी केन्द्रद्वारा अविश्वास प्रस्ताव दर्ता
९) प्रस्ताव संसद्को प्रक्रियामा नजाँदै ओलीद्वारा राजीनामा
10( कांग्रेसको समर्थनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री
११) कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री निर्वा्चित
१२) दर्जनौं ऐन(कानुन निर्माण गरी निर्वाचनको आधार तय

Advertisement

Advertisement

Advertisement