माओवादीका मन्त्री फ्याक्ने तयारीसहित देउवाले राप्रपाबाट फेरि मन्त्रीहरु थपे

Advertisement

काठमाडौंः संसदको आयु सकिएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी अध्यक्ष कमल थापालाई उपप्रधानमन्त्रीको जिम्मेवारी दिएका छन् ।

त्यस्तैm राप्रपाका दिनाथ गिरी, जयन्त चन्द, विक्रम थापालाई बिनाविभागीय मन्त्री बनाइएको छभने कुन्ती शाही, भाष्कर भद्रा, सुशील श्रेष्ठ र कान्ता भट्टराईलाई मन्त्रालय नतोकी राज्यमन्त्री नियुक्त गरिएको छ ।

उनीहरुलाई मन्त्रि नियुक्त गरिए पनि शुक्रबार सपथ गराइएको छैन । संभवतः शनिबार सपथ गराइने छ । थपिएका मन्त्रीसँगै हालको शेरबहादुर देउवा नेतृत्वको सरकार ६२ सदस्यीय भएको छ ।

कमल थापालाई गृहमन्त्री दिइने बताइए पनि माओवादी केन्द्रका मन्त्रीहरुलाई फाल्ने अनुकुल बाताबरण नबनेकाले देउवाले उक्त निर्णय गर्न सकेका छैनन् । मन्त्री बन्नेहरुको सुची बोकेर राष्ट्रपति कार्यालय पुगेका देउवा शपथ ग्रहणको समयको टुँगो नलगाइ फर्किएका थिए ।

कांग्रेससँगको सत्ता साझेदारी तोड्दै माओवादीले प्रमुख विपक्षी एमालेसँग चुनावी गठबन्धन गरेपछि देउवाले माओवादी मन्त्रीहरुलाई निश्कासनको तयारी गरेका हुन । संसद हुँदा माओवादी मन्त्रीलाई हटाउँदा अल्पमतमा परिने भएकाले देउवाले समयको आयु गुजारेर राप्रपाका मन्त्रीहरुलाई नियुक्ति गर्न सिफारिस गरेका हुन ।

देउवाको निर्णयले उनको माओवादी केन्द्र र एमालेप्रतिको इगो मेटिने भए पनि राजनीतिकरुपमा काँग्रेसलाई ठूलो हानी हुने देखिन्छ । देउवाका पछिल्ला विवादास्पद र अलोकप्रिय निर्णयको स्वयम काँग्रेसका कार्यकर्ताहरुबाट समेत आलोचना भइरहेको छ ।

Advertisement

Advertisement

Advertisement