एनआरएनएको आठौँ अन्तर्राष्ट्रिय महाधिवेशन राजधानीमा सुरु

Advertisement

काठमाडौँ: गैरआवासीय नेपाली संघ (एनआरएनए) को आठौं अन्तर्राष्ट्रिय महाधिवेशन राजधानीमा सुरु भएको छ । सम्मेलनमा भाग लिनको लागि एनआरएन सदस्यता रहेका ७८ देशबाट प्रतिनिधीहरु काठमाडौँको हायात होटेलमा भेला भएका छन् ।

सम्मेलनले अध्यक्ष, तीन उपाध्यक्ष, महासचिव, दुई सचिव, कोषध्यक्ष र सहकोषध्यक्ष तथा सदस्यहरु चयन गर्नेछ ।

संघको नयाँ नेतृत्वको दाबी गर्दै अध्यक्ष पदमा तीन जनाको उम्मेदवारी परेको छ । अध्यक्ष पदको लागि उम्मेदवारी दिनेहरुमा जापानका होटल तथा रेष्टुरेन्ट व्यवसाय सञ्चालन गरिरहेका वर्तमान् उपाध्यक्ष भवन भट्ट, कतारमा निर्माण व्यवसाय सञ्चालन गरिरहेका टिबी कार्की तथा अध्यक्ष शेष घलेकी पत्नी जमुना गुरुङ घलेको समेत उम्मेदवारी परेका छन् ।

Advertisement

Advertisement

Advertisement