सरकारलाई दिएको समर्थन फिर्ता नलिने, मन्त्रीहरु पनि नबोलाउने माओवादी केन्द्रको निर्णय

Advertisement

काठमाडौं: नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको छ । सो निर्णयसँगै सरकार विस्तारमा लागेका प्रधानमन्त्री शेरबहादुर देउवा झन् अप्ठ्यारोमा परेका छन् ।

माओवादी पार्टी कार्यालयमा आज बसेको शीर्ष नेताको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता नलिने र सरकारमा सहभागि मन्त्रीलाई पनि फिर्ता नबोलाउने निर्णय गरेको प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।

प्रधानमन्त्री देउवाले शुक्रवार अचानक मन्त्रीमण्डल विस्तार गरेर राप्रपा अध्यक्ष कमल थापालाई उपप्रधानमन्त्रीका रुपमा नियुक्त गरेका थिए ।

देउवाले पछिल्लो पटक प्रधानमन्त्री देउवाले थापासहित चार मन्त्री र चार राज्यमन्त्री थपेका हुन् । योसँगै मन्त्रीपरिषद्मा मन्त्रीहरुको सख्याँ ६४ पुगेको छ । नेपालको इतिहासमा यो सवैभन्दा ठूलो मन्त्रीपरिषद् हो । तर यता मन्त्रीको सफत निर्वाचनको मुखमा हुने नहुने बारे अहिले राष्ट्रपति, प्रमुख निर्वाचन आयुक्त र प्रधानमन्त्रीवीच छलफल हुँदैछ।

Advertisement

Advertisement

Advertisement