पहिलो चरण अन्तर्गत निर्वाचन हुने जिल्लाहरुमा मंसिर ४ गतेदेखि विद्यालय बिदा

Advertisement

काठमाडौं: निर्वाचन आयोगले पहिलो चरणमा निर्वाचन हुने जिल्लाहरुमा मंसिर ४ गतेदेखि विद्यालय बन्द गर्न सरकारलाई निर्देशन दिएको छ ।

आयोगले आज दिउसो सरकारको नाममा जारी गरेको २७ बुंदे निर्देशनमा सो कुरा उल्लेख गरिएको छ ।

आयोगका अनुसार विद्यालय भवन तथा कम्पाउण्डहरुमा मतदान केन्द्र राखिएको छ । १० गते चुनाव हुने ३१ जिल्लामा ४ गतेदेखि विद्यालयहरुमा विदा दिन भनिएको छ । त्यस्तै, २१ गते निर्वाचन हुने जिल्लाहरुमा मंसिर १५ गतेबाट विदा दिन भनिएको छ।

Advertisement

Advertisement

Advertisement