ला लिगामा बार्सिलोनाको अपराजित यात्रा कायमै, एथ्लेटिकोसँग रोकियो बराबरीमा

Advertisement

एजेन्सीः स्पेनिस जाएन्ट बार्सिलोनाले ला लिगामा अपराजित यात्रा कायमै राख्दै एथ्लेटिकोसँग बराबरी खेलेको छ । लुइस स्वरेजको गोलसँगै बार्सिलोनाले एथ्लेटिको मड्रिडसँग बराबरी खेलेको हो ।

शनिबार रातिको खेलमा बार्सिलोनाले र एथ्लेटिको मड्रिडले १–१ गोलको बराबरी खेलेका हुन् । मड्रिडको घरेलु मैदानमा भएको खेलमा निगुरेज २१ औं मिनेटमा गोल गरेपछि अग्रता लिएको थियो ।

दोस्रो हाफको सुरुवाती समयमा लिओनल मेस्सीको फ्रिकिक पोष्टमा लागेपछि बार्सिलोनाले खेलमा बराबरी गोल गर्ने अवसर गुमाएको थियो । तर, खेलको अन्त्यतिर बार्सिलोनाका स्वरेजले बराबरी गोल फर्काएपछि खेल बराबरीमा रोकिएको हो । उनले ८२ औं मिनेटमा गोल गरेका थिए ।

बार्सिलोना बराबरीपछि आठ खेलबाट २२ अंकका साथ लिगको शीर्ष स्थानमा छ । भने सम्मान खेल खेलेको रियल मड्रिडको १७ अंक रहेको छ । रियल बार्सिलोना भन्दा पाँच अंकले पछि छ ।

Advertisement

Advertisement

Advertisement