समुन्द्री आँधी आउने चेतावनीपछि नेपाल र हङकङको खेल स्थगित

Advertisement

काठमाडौँ : विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत आज हुने भनिएको नेपाल र हङकङबीचको खेल स्थगित भएको छ । हङकङमा समुन्द्री आँधी आउने चेतावनी दिइएका कारण आजका लागि निर्धारित खेल स्थगित भएको हो ।

अधिकारीहरुले नेपाली क्रिकेट खेलाडीहरुलाई होटलमै बस्न र बाहिर नजान भनेका छन् । नेपाल र हङकङको खेल भोलि सोमबार हुनेछ ।

शुक्रबार भएको खेलमा नेपाल घरेलु टोली हङकङसँग ८३ रनले पराजित भएको थियो ।

Advertisement

Advertisement

Advertisement