कालिका पावरले साधारण सेयर निष्कासन गर्ने, पहिलो चरणमा प्रभावित जिल्लालाई

Advertisement

काठमाडौंः कालिका पावर कम्पनीले साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित गोरखा जिल्लाका लागि एक सय रुपियाँ अंकित ६ लाख कित्ता साधारण सेयर जारी गर्ने भएको हो ।

दोस्रो चरणमा कम्पनीले १८ लाख कित्ता शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले गोरखामा ६ मेगावाट क्षमताको दरौदी कालिका जलविद्युत् आयोजना निर्माण गरेको छ ।

पहिलो चरणमा कम्पनीले स्थानीय बासीका लागि शेयर निष्कासको अनुमतिका लागि धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा काठमाडौं क्यापिटल मार्केट लिमिटेड र ग्लोलब आईएमई क्यापिटल लिमिटेड रहेका छन् ।

Advertisement

Advertisement

Advertisement