मध्यपूर्व क्षेत्रीय संयोजकमा आरके शर्मालाई समर्थन गर्दै गिरीको उम्मेदवारी फिर्ता

Advertisement

काठमाडौंः–गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको मध्यपूर्व क्षेत्रीय संयोजकमा उम्मेदवारी दिएका राजेन्द्रकुमार (आरके) शर्मालाई प्रतिस्पर्धी धर्मराज गिरीले समर्थन गरेका छन् ।

कुवेतका गिरीले आफ्नो उम्मेदवारी दर्ता नगरा कतारका व्यवसायी समर्थन गर्ने प्रतिवद्धता जनाएपछि शर्मा बलियो बनेका छन् । अब उनको प्रतिस्पर्धी धरम केसी रहेका छन् । गिरीको समर्थनले आफूलाई विजय हुन सहज हुने शर्माको भनाई छ ।

कतारमा विगत १५ बर्षदेखि निर्माणलगायतका क्षेत्रमा कार्यरत शर्मा मध्यपूर्वमा गैरआवासीय नेपाली तथा नेपाली कामदारहरुमाझ परिचित व्यक्ति हुन । गैरआवासीय नेपाली संघका क्रियाकलापदेखि आप्रवासीका समस्या र सामाजिक क्रियाकलापमा सक्रिय रहँदै आएका उनी विदेशमा बस्ने नेपालीहरुमा सबैभन्दा ठूलो समस्या भनेको मध्यपूर्वमा काम गर्ने लाखौं नेपालीको भएकोले संघले पनि त्यही क्षेत्रको समस्या समाधानमा भूमिका खेल्नुपर्ने बताउँदै आएका छन् ।

शर्माले सिङ्गो एनआरएनएको ध्यान नेपालमा सबैभन्दा धेरै रेमिट्यान्स भित्रिने क्षेत्र मध्यपूर्वमा केन्द्रित गर्न तथा त्यस क्षेत्रका नेपालीका सम्पूर्ण समस्या र कामदारहरुको नियमित र उचित पारिश्रमिक, उनीहरुको सामाजिक सुरक्षाका विषयलाई संस्थागतरूपमा उठाउन आफूले उम्मेदवारी दिएको बताएका छन् ।

संघको आठौं विश्वसम्मेलन तथा महाधिवेशन शनिबार सुरु भएको छ । चारदिनसम्म चल्ने सम्मेलनमा भाग लिन विश्वभरबाट दुई हजार दुईसय भन्दा बढि प्रतिनिधि सहभागी भएका छन् ।

Advertisement

Advertisement

Advertisement